आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार
बुधबार, १७ वैशाख २०८२, २१ : २६
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् । आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा छोराले वुबालाई गोली प्रहार गरेका हुन् ।
गोली प्रहारबाट ५९ वर्षीय कान्छाराम थिङ घाइते भएका छन् । बुधबार बिहान ३५ वर्षीय इमानसिंह थिङले भरुवा बन्दुकबाट गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले रातोपाटीलाई बताए ।
बिहान ८ बजे भएको घटनामा संलग्न इमानसिंह थिङलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको बन्दुक बरामद गरिएको डीएसपी अर्यालले जानकारी दिए । घाइते कान्छारामको उपचार भइरहेको छ ।
बुवा र छोरा अलग बस्दै आएपनि आगन साझा थियो । आफ्नो आँगनतर्फ बुवाले पालेको कुखुरा आएपछि विवाद भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीले अनुमति बिना बन्दुक राखेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण