शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार

बुधबार, १७ वैशाख २०८२, २१ : २६
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ ।  मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् । आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा छोराले वुबालाई गोली प्रहार गरेका हुन् । 

गोली प्रहारबाट ५९ वर्षीय कान्छाराम थिङ घाइते भएका छन् ।  बुधबार बिहान ३५ वर्षीय इमानसिंह थिङले भरुवा बन्दुकबाट गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले रातोपाटीलाई बताए । 

बिहान ८ बजे भएको घटनामा संलग्न इमानसिंह थिङलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको बन्दुक बरामद गरिएको डीएसपी अर्यालले जानकारी दिए । घाइते कान्छारामको उपचार भइरहेको छ । 

बुवा र छोरा अलग बस्दै आएपनि आगन साझा थियो । आफ्नो आँगनतर्फ बुवाले पालेको कुखुरा आएपछि विवाद भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीले अनुमति बिना बन्दुक राखेको भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप