आरआर स्ववियु समिति घोषणामा अखिल क्रान्तिकारी विभाजित, खारेज गर्न असन्तुष्ट पक्षको माग
काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन समितिद्वारा प्रकाशित ‘स्ववियु निर्विरोध निर्वाचित’ सम्बन्धी सूचनाप्रति अनेरास्ववियु (क्रान्तिकारी) आरआर इकाइका प्रमुख पदाधिकारीहरूले भर्त्सना गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले समितिको निर्णयको भर्त्सना गरेका हुन् । अखिल क्रान्तिकारीलाई निर्णय प्रक्रियामा नै सहभागी नगराई षड्यन्त्रपूर्वक सङ्गठनको नाम प्रयोग गरेकोमा आपत्ति जनाएका हुन् ।
‘हामी न त सो निर्णयमा सहभागी थियौँ, न त कुनै परामर्श नै भएको थियो। जबरजस्ती र षड्यन्त्रपूर्वक हाम्रो सङ्गठनको नाम प्रयोग गरिएको छ, जुन पूर्णतः अस्वीकार्य छ’, उनीहरूले भनेका छन् ।
विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार २०८१ चैत ५ गतेभित्र सम्पन्न हुनुपर्ने निर्वाचन प्रक्रिया सत्ता निकट समूह, प्रशासनिक कमजोरी र योजनाबद्ध ढिलाइका कारण अवरुद्ध भएको जनाइएको छ। उच्च अदालत पाटनले वैशाख ५ गते आदेश दिइसकेको अवस्थामा त्यसको अवहेलना गर्दै गरिएको तथाकथित ‘निर्विरोध घोषणा’लाई उनीहरूले लोकतन्त्र र विधिको शासनमाथिको अपमान भनेका छन्।
साथै निर्विरोध घोषणा खारेज गरिनुपर्ने, अदालतको आदेश अनुसार निष्पक्ष, पारदर्शी र समावेशी निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने, निर्वाचनको नयाँ मिति तुरुन्त सार्वजनिक गरिनुपर्ने माग बेवास्ता भए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
यस्तै विज्ञप्तिमा सङ्गठनकै केन्द्रीय सचिव शिशिर बस्याल र इकाई अध्यक्ष सङ्गम कुमार लामाले व्यक्तिगत स्वार्थमा फसेर निर्णयलाई समर्थन गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै उनीहरूविरुद्ध सङ्गठनात्मक कारबाहीको माग पनि गरिएको छ।
विज्ञप्ति जारी गर्नेमा उपाध्यक्षहरू दीपक विष्ट, लक्ष्मण सुनार, सचिव टोपबहादुर कार्की सह–सचिवहरू रमेश नेपाली, पासाङ पुन, तथा कोषाध्यक्ष केशर विश्वकर्मासहितका नेताहरू रहेका छन् ।
आरआरमा बुधबार सर्वसम्मत २१ सदस्यीय स्ववियु चयन भएको थियो । स्ववियु सभापतिमा अनेरास्ववियुका लोकेशकुमार खड्का, उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगमकुमार लामा तामाङ, सचिवमा नेविसंघतर्फबाट शैलेन्द्र उपाध्याय, कोषाध्यक्षमा अनेरास्ववियूबाट अम्बिका अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण