‘महाराजाधिराज’मा रमेशले मारे इन्ट्री
काठमाडौँ । अभिनेता रमेश उप्रेती फिल्म ‘महाराजाधिराज’ देखिने भएकी छन् । उनी ८ वर्षपछि फिल्ममा देखिन लागेका हुन् । उनी पछिल्लो समय २०१७ मा निर्माण भएको ‘ऐश्वर्या’देखिएका थिए ।
उप्रेती फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएको निर्माण युनिटले जनाएको छ । यो बिचमा नेपाल नै रहे पनि फिल्ममा अभिनय नगरेका रमेशले केही म्युजिक भिडियो भने गरेका थिए ।
‘महाराजाधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दै छन् । शेनले यसअघि ‘प्रेमगञ्ज’ बनाएका थिए । फिल्मको प्रदर्शन मिति आगामी फूलपाती तोकिएको छ । फिल्मको पोस्टर केहीअघि सार्वजनिक गरिएको थियो । जसमा अभिनेता पल शाहलाई दुई अलग चरित्रमा देखाइएको थियो । एउटामा उनी न्यूड (वस्त्रविहीन) अवस्थामा सिंहासनमा बसेका थिए भने अर्काेमा शिरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका थिए । फिल्मको अभिनेत्री फाइनल हुन बाँकी छ ।
निर्देशक सेनकै लेखन रहेको फिल्मको प्रस्तुतकर्ता बिराज विष्ट हुन् । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण