शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

‘महाराजाधिराज’मा रमेशले मारे इन्ट्री

बिहीबार, १८ वैशाख २०८२, १२ : २७
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । अभिनेता रमेश उप्रेती फिल्म ‘महाराजाधिराज’ देखिने भएकी छन् । उनी ८ वर्षपछि फिल्ममा देखिन लागेका हुन् । उनी पछिल्लो समय २०१७ मा निर्माण भएको ‘ऐश्वर्या’देखिएका थिए ।

उप्रेती फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएको निर्माण युनिटले जनाएको छ । यो बिचमा नेपाल नै रहे पनि फिल्ममा अभिनय नगरेका रमेशले केही म्युजिक भिडियो भने गरेका थिए ।

‘महाराजाधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दै छन् । शेनले यसअघि ‘प्रेमगञ्ज’ बनाएका थिए । फिल्मको प्रदर्शन मिति आगामी फूलपाती तोकिएको छ । फिल्मको पोस्टर केहीअघि सार्वजनिक गरिएको थियो । जसमा अभिनेता पल शाहलाई दुई अलग चरित्रमा देखाइएको थियो । एउटामा उनी न्यूड (वस्त्रविहीन) अवस्थामा सिंहासनमा बसेका थिए भने अर्काेमा शिरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका थिए । फिल्मको अभिनेत्री फाइनल हुन बाँकी छ ।

निर्देशक सेनकै लेखन रहेको फिल्मको प्रस्तुतकर्ता बिराज विष्ट हुन् । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप