१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम प्रचण्डद्वारा उद्घाटन (तस्बिरहरू)
बिहीबार, १८ वैशाख २०८२, १४ : ३४
काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सुरु भएको छ ।
बिहीबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरे ।
सो अवसरमा महासंघका संस्थापक नरबहादुर कर्माचार्यको तस्बिरमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ। आज कर्माचार्यको शतवार्षिकी पनि हो । अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।
कार्यक्रम अघि विभिन्न स्थानबाट जुलुस निकालेर प्रज्ञा भवनमा पुगिएको मजदुर नेता राजेन्द्र न्यौपानेले बताए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण