शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

काठमाडौँको माछापोखरीमा बालेनले तरकारी बेच्न नदिएपछि नुवाकोटमा प्रदर्शन

शुक्रबार, १९ वैशाख २०८२, ०८ : ३६
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउन सडक किनारामा व्यापार गर्न नदिएपछि नुवाकोटको ओखरपौवाका स्थानीय आन्दोलित बनेका छन् । 

यसको विरोधमा आज बिहान ५ः२५ बजेपछि नुवाकोट ककनी गाउँपालिका १ नौमार बजार स्थित तीनपिप्ले–सिसडोल सडकखण्डमा ४०–५० जनाका भेला भएर  सडकमा तरकारी राखेर बाटो अवरोध गरेका हुन् । काठमाडौँ महानगरका मेयर बालेन शाहले तरकारी बेच्न नदिएको भन्दै उनीहरुले सडकमै तराकारी राखेर विरोध गरेका हुन् । 

लगत्तै प्रहरी चौकी ओखरपौवाबाट प्रहरी सहायक निरिक्षक रुपक थापाको कमाण्डमा ७ जना र प्रहरी चौकी ककनीबाट प्रहरी निरिक्षक कुमार बहादुर खडकाको कमाण्डमा ५ जनाको टोलीले सडक सुचारु गराएको थियो । 

हरेक दिन बिहान माछापोखरीकाे सडकमै तरकारी बेच्ने गरिएकोमा केही साताअघि महानगरले रोक लगाएकोमा विरोध हुँदै आएको छ । तस्बिर: सौरव ढकाल

tarkari

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप