शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रबार, १९ वैशाख २०८२, ०९ : १४
शुक्रबार, १९ वैशाख २०८२

मकवानपुर ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट  राक्सिराङ गाउँपालिका–९ का  ७० वर्षीय गङ्गाबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

बाटो काट्ने क्रममा स्याङतानलाई आज बिहान ठक्कर दिएको हो । निजको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप