लोडसेडिङको युग सकियो, अब विद्युतमा विश्वसनीयता आवश्यक : हितेन्द्रदेव शाक्य
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको युग सकिएको बताएका छन् ।
शुक्रवार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो बताएका हुन । उनले प्रसारण प्रणालीतर्फ आर्थिक वर्ष २०८१/८२ को फाल्गुन मसान्तसम्म ३१ पटक गरी ४ घण्टा २ मिनेट आंशिक प्रणाली ट्रिपिङ भएको बताए ।
उनले वितरण प्रणालीमा देशभरि जडित थ्री फेज स्मार्ट मिटरमध्ये करिब ४८ हजार मिटरको २०८१ श्रावण देखि चैत्रसम्मको तथ्याङ्कको आधारमा वार्षिक औसत ८२५ पटक र ३७ मिनेट प्रति अवरोध गरी जम्मा ५०९ घण्टा ग्राहकहरूमा औसत विद्युत अवरुद्ध भएको जनाए । उनले यो अवरोध समयलाई कम गरिँदै लैजाने बताए ।
उनले उच्च भोल्टेज सञ्जालतर्फ कुल ६,७४५ सर्किट कि.मि. प्रसारण लाइन तथा १३,७५४ एम.भी.ए. सबस्टेसन सञ्चालनमा रहेको बताए । उनले २,१२९ सर्किट कि.मि. प्रसारण लाइन तथा ६,६६९ एम.भी.ए. सबस्टेसन निर्माणाधीन रहेको बताए । उनले अन्तरदेशीयतर्फ कुल १,७४५ मेगावाट क्षमताको २२४ सर्किट कि.मि. सञ्चालनमा रहेका छन् ।
त्यस्तै,निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न करिब ९२ अर्ब २८ करोडको दायित्वसहित वित्तीय व्यवस्था गर्न आवश्यक रहेको बताए ।
उनका अनुसार श्वेतपत्र गत १५ गते सञ्चालक समितिबाट पारित भएको थियो । प्राधिकरणले अहिलेसम्म भएका कामकारबाहीको वर्तमान अवस्था र भावी योजनाका विषयमा श्वेतपत्र जारी गरिएको बताए ।
उनले उक्त श्वेतपत्र कार्यसम्पादनको मूल्याङ्कन सहयोग हुने विश्वास रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण