दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध हुने गरेको प्राधिकरणको स्वीकारोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको स्वीकार गरेको छ । प्राधिकरणले आफ्नो आर्थिक अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिना ट्रिपिङका कारण यस्तो अवस्था देखिएको प्राधिकरणले जनाएको हो ।
यसरी अवरोध हुनुको कारण ‘ट्रिपिङ’ भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । यो अवधिमा प्रतिग्राहक औसत ८२५ वटा ट्रिपिङ भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए ।
यो अवधिमा भएका ट्रिपिङमा औसतमा ३७ मिनेट विद्युत् अवरोध हुने गरेको प्राधिकरणले जनाएको छ । यस अनुसार यो अवधिमा औसत ५०९ घण्टा विद्युत् अवरोध भएको उनले जानकारी दिए । यो प्रतिदिन ११३ मिनेट अवरोध हो ।
प्राधिकरणको प्रणाली कमजोर हुँदा यो अवस्था रहेको भन्दै सिस्टम सुधार गरेर क्रमशः यस्तो अवरोध कम हुँदै जाने शाक्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने