पेटका केही कुरा, तस्बिरहरू
काठमाडौँ । बुनु ढुङ्गानाको ‘पेटका केही कुरा’ शीर्षकको प्रदर्शनी काठमाडौँको नेपाल कला परिषद्मा चलिरहेको छ । प्रदर्शनीमा अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्जला महर्जन, तिप्ती तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रेचल लोभाका सृजना प्रस्तुत गरिएको छ।

‘यस प्रदर्शनीका कलाकारहरूले हामीले बुझेको यस विभाजनलाई चिर्ने तथा हामीलाई युगौँयुग जोडिराख्ने बन्धनलाई चिन्ने प्रयत्न गरेका छन् । यहाँ सामेल कलाकारहरूले हाम्रा आमालाई बुझ्न र आमाबाट बुझिन आवश्यक भाषा भेट्टाउने प्रयत्नमा हामीले पाएका सफलता तथा विफलता तथा एकातिर आमा र आफूबिचको गाँठो अझै बेस्सरी कस्ने आशा र अर्कातिर एक अर्काबाट टाढिने इच्छाबिचको तनावलाई अझै सूक्ष्म तहमा बुझ्न निम्तो दिएका छन्,’ आयोजकले जारी गरेको सन्देशमा उल्लेख छ ।

वैशाख १९ देखि सुरु भएको प्रदर्शनी जेठ २ सम्म चल्नेछ। प्रदर्शनी बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीले पुस्तौँदेखि आमा-छोरीबिचको सम्बन्धलाई आकार दिँदै आइरहेका भिन्नता र कडीहरूको अध्ययन गरेको आयोजकहरूको दाबी छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण