लायन्स कप भलिबल: गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको जीतसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा जीतसँगै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै, तेस्रो सेट २३–२५ ले गुमाएको एपीएफले चौथो र पाँचौँ सेटमा पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो ।
३ अंकले पछि परेको अवस्थामा एपीएफले चौथो सेटमा लगातार १२ अंक लिँदै २५–१४ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो । पाँचौँ सेटमा सुरुआतबाटै अग्रता बनाएको एपीएफले १५–११ ले जित दर्ता गरेको हो ।
पराजयसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएपछि घरेलु दर्शलाई निराश पारेको छ । एपीएफ पहिलो खेलमा ईरानसँग पराजित भएको थियो । पहिलो खेलमा ईरानसँगै गण्डकी पराजित भएको थियो । प्रतियोगितामा समूह ‘ए’ बाट इरानी टोली विजेता र एपीएफ उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् ।
आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुँदैछ । उक्त खेल नतिजाले सेमिफाइनल समीकरण टुंगो लाग्नेछ । पुलिस र भारतीय टोलीले समूह ‘बी’ मा एकएक जित दर्ता गराएका छन् । आर्मी भने जितविहीन छ ।
प्रतियोगितामा ६ टिम सहभागी छन् । ईरानी र भारतीय टोलीसँगै गण्डकी तथा तीन विभागीय टोलीहरु आर्मी, पुलिस र एपीएफ सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण