‘जार’ करियरको ठुलो उपलब्धि – अभिनेता शाही
काठमाडौँ । ‘जार’ आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । इन्द्रबहादुर राईद्वारा लिखित कृति ‘जार’माथि बनेको यो फिल्मको मुख्य भूमिकामा अभिनेता अनुपविक्रम शाहीले पनि अभिनय गरेका छन् । फिल्ममा उनले हर्षजीत नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।
फिल्मको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको अभिनेता शाहीले बताए । उनले भने ‘धेरै पुरानो कृतिमा बनेको फिल्ममा हुनु भनेको मेरा लागि गर्वको कुरा हो ।’
‘मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु, उनले थपे ‘जार’को हर्षजीत पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरे ।’ गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ’जार’ उपयुक्त विकल्प रहेको उनको धारणा छ ।
फुर्वाछिरिङ लामा निर्देशित ‘जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोल्छ । फिल्मका कार्यकारी निर्माता ज्योति क्षेत्री हुन् ।
फिल्ममा अनुपविक्रमसँगै सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको पनि मुख्य भूमिका छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण