काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान
काठमाडौँ। भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन थालेको हो ।
काठमाडौँ वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर टोलीले अनुसन्धान थालेको हो । आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्न पत्र पुगेको पुगेको भन्दै सार्वजनिक भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोली अनुगमनमा गएको हो ।
छानबिनका क्रममा टोलीले पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको अनुगमन टोलीले जनाएको छ। आज बिहान ७ः ४५ बजेतिर प्रश्न पत्र बाहिरिएको भन्दै विद्यार्थीहरूले मोबाइलबाट साटासाट गरेका थिए । विद्यार्थीहरूले प्रश्न साटासाट गरिरहेको भिडियो समेत बनाइएको थियो । त्यसपछि प्रश्न पत्र बाहिरको भन्ने विषयमा चर्चामा आएको हो।
त्यसपछि कलेजको परीक्षार्थीको मोबाइल जफत गरेर चेकअप गरेको थियो । मोबाइल चेकअपको क्रममा पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको बोर्डले जनाएको छ। ‘प्रश्न पत्र साटासाट भएको देखियो । तर, त्यो अहिलेको नभई पुरानो प्रश्न पत्र रहेछ,’ बोर्ड स्रोतले भनेको छ।
एक छात्राले आफ्नो मोबाइलमा प्रश्न पत्र आएको भन्दै खुसी व्यक्त गरेपछि प्रश्न पत्र बाहिरिएको विषय सार्वजनिक भएको थियो । अघिल्लो वर्ष पनि काठमाडौँ वर्ल्ड स्कुलका विद्यार्थीलाई प्रश्न पत्र आउट भएको विषय सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण