आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

कान्ति लोकपथ सुचारु

आइतबार, २१ वैशाख २०८२, १३ : ५५
आइतबार, २१ वैशाख २०८२

हेटौँडा । वर्षाका कारण अवरुद्ध भएको कान्ति लोकपथ सडक खण्ड सञ्चालनमा ल्याइएको छ । आइतबार बिहानदेखि परेको पानीले डाइभर्सनमा क्षति पुर्‍याउँदा अवरुद्ध बनेको कान्ति लोकपथ मर्मत पछि सञ्चालनमा ल्याइएको हो । कान्ति लोकपथ अन्तर्गत मकवानपुरतर्फ भिमफेदी–८ बगुवा सस्थित बागमती खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुग्दा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको थियो । 

सो स्थानको डाइभर्सन मर्मत गरेर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । क्षति पुगेको स्थानमा मर्मत गरी हेटौँडा काठमाडौँ सवारीलाई आवतजावत खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । 

यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँच मार्ग बगाएपछि झन्डै दुई हप्तासम्म उक्त सडक खण्ड अवरुद्ध भएको थियो ।

पछिल्लो समय १८ वैशाखदेखि १ जेठसम्म १५ दिनका कान्ति लोकपथ दैनिक ६ घण्टाका लागि बन्द गरिँदै आएको छ । उक्त सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्ड अन्तर्गत गँगटे नजिकैको भर्याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडक खण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप