कान्ति लोकपथ सुचारु
हेटौँडा । वर्षाका कारण अवरुद्ध भएको कान्ति लोकपथ सडक खण्ड सञ्चालनमा ल्याइएको छ । आइतबार बिहानदेखि परेको पानीले डाइभर्सनमा क्षति पुर्याउँदा अवरुद्ध बनेको कान्ति लोकपथ मर्मत पछि सञ्चालनमा ल्याइएको हो । कान्ति लोकपथ अन्तर्गत मकवानपुरतर्फ भिमफेदी–८ बगुवा सस्थित बागमती खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुग्दा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको थियो ।
सो स्थानको डाइभर्सन मर्मत गरेर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । क्षति पुगेको स्थानमा मर्मत गरी हेटौँडा काठमाडौँ सवारीलाई आवतजावत खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँच मार्ग बगाएपछि झन्डै दुई हप्तासम्म उक्त सडक खण्ड अवरुद्ध भएको थियो ।
पछिल्लो समय १८ वैशाखदेखि १ जेठसम्म १५ दिनका कान्ति लोकपथ दैनिक ६ घण्टाका लागि बन्द गरिँदै आएको छ । उक्त सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्ड अन्तर्गत गँगटे नजिकैको भर्याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडक खण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण