शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

आइतबार, २१ वैशाख २०८२, १६ : ०२
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । जबरजस्ती करणी मुद्दाका फरार एक जना आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ का १९ वर्षिय बिवेक शाह रहेका छन् ।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी कचनारी र प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरी टोलीले औरही गाउँपालिका वडा नम्बर १ दरैया टोलबाट शाहलाई पक्राउ गरेकाे हाे । 

उनीमाथि जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेकाे सिरहाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप