सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

ह्युस्टनमा पारिवारिक पार्टीमा गोलीबारी, १ जनाको मृत्यु

आइतबार, २१ वैशाख २०८२, १७ : ४७
आइतबार, २१ वैशाख २०८२

वासिङ्टन डीसी । अमेरिकाको ह्युस्टन सहरमा आइतबार बिहान एक पारिवारिक पार्टीमा भएको गोलीबारीमा कम्तीमा १४ जना घाइते भएका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ । घटनाको जानकारी ह्युस्टन प्रहरी विभागले दिएको हो ।

ह्युस्टन प्रहरी सहायक प्रमुख प्याट्रिसिया क्यान्टुले पत्रकार सम्मेलनमा दक्षिणपूर्वी ह्युस्टनको चेरी हिल छिमेकको ६००० ब्लकमा आइतबार बिहान १२ः५० बजे गोलीबारी भएको खबर पाएपछि प्रहरीले प्रतिक्रिया जनाएको बताइन् ।

प्रहरी घटनास्थलमा पुग्दा घर वरिपरि धेरै घाइते व्यक्तिहरू भेटिएका थिए । कान्टुका अनुसार घटना पारिवारिक पार्टीको समयमा भएको थियो । पार्टी चलिरहँदा एक जना अज्ञात व्यक्ति जबरजस्ती पार्टीमा प्रवेश गरे । तर जब उनलाई त्यहाँबाट जान भनियो, उनले गोली चलाए । यसको प्रतिकारमा अरूले पनि गोली चलाएको बताइएको छ । 

ह्युस्टन अग्नि नियन्त्रण विभागका अनुसार यस घटनामा गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनास्थलमा कयौँ घाइतेहरू गम्भीर अवस्थामा फेला परेका थिए ।

केहीको शल्यक्रिया भइरहेको बताइएको छ । क्यान्टुका अनुसार प्रहरीले धेरै मानिसहरूलाई पक्राउ गरेको छ ।  तर तिनीहरूमध्ये कोही वास्तविक आक्रमणकारी हुन् कि होइनन् भन्ने कुरा स्पष्ट छैन । अनुसन्धान अझै जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप