ह्युस्टनमा पारिवारिक पार्टीमा गोलीबारी, १ जनाको मृत्यु
वासिङ्टन डीसी । अमेरिकाको ह्युस्टन सहरमा आइतबार बिहान एक पारिवारिक पार्टीमा भएको गोलीबारीमा कम्तीमा १४ जना घाइते भएका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ । घटनाको जानकारी ह्युस्टन प्रहरी विभागले दिएको हो ।
ह्युस्टन प्रहरी सहायक प्रमुख प्याट्रिसिया क्यान्टुले पत्रकार सम्मेलनमा दक्षिणपूर्वी ह्युस्टनको चेरी हिल छिमेकको ६००० ब्लकमा आइतबार बिहान १२ः५० बजे गोलीबारी भएको खबर पाएपछि प्रहरीले प्रतिक्रिया जनाएको बताइन् ।
प्रहरी घटनास्थलमा पुग्दा घर वरिपरि धेरै घाइते व्यक्तिहरू भेटिएका थिए । कान्टुका अनुसार घटना पारिवारिक पार्टीको समयमा भएको थियो । पार्टी चलिरहँदा एक जना अज्ञात व्यक्ति जबरजस्ती पार्टीमा प्रवेश गरे । तर जब उनलाई त्यहाँबाट जान भनियो, उनले गोली चलाए । यसको प्रतिकारमा अरूले पनि गोली चलाएको बताइएको छ ।
ह्युस्टन अग्नि नियन्त्रण विभागका अनुसार यस घटनामा गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनास्थलमा कयौँ घाइतेहरू गम्भीर अवस्थामा फेला परेका थिए ।
केहीको शल्यक्रिया भइरहेको बताइएको छ । क्यान्टुका अनुसार प्रहरीले धेरै मानिसहरूलाई पक्राउ गरेको छ । तर तिनीहरूमध्ये कोही वास्तविक आक्रमणकारी हुन् कि होइनन् भन्ने कुरा स्पष्ट छैन । अनुसन्धान अझै जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण