नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विकासका लागि गैर आवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
आइतबार गैर आवासीय महासंघ(एनआरएन)को एकता महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले आर्थिक विकासका लागि निकै सहयोग पुग्ने अपेक्षा गरेका हुन् ।
‘हामीले नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने ऐतिहासिक आवश्यकता महशुस गरेका छौँ । हामी त्यसका निम्ति प्रयासरत छौँ । तपाईं एनआरएनमा संगठित वा असंगठित नेपालीहरू खासगरी एनआरएनसँग निकै ठुलो नेटवर्क छ, अनुभव छ, रिर्सोस पनि छ । त्यो नेपालको आर्थिक विकासका निम्ति निकै ठुलो सहयोग पुग्छ भन्ने हामीले विश्लास लिएका छौँ’, उनले भने ।
एनआरएनको हितका निम्ति सरकार र राजनीतिक नेतृत्वको तर्फबाट कतिपय सोच, कानुन संकृर्ण रहेकाले त्यसलाई सहजीकरण गर्ने जिम्मेवारी पनि राजनीतिक दलहरूको भएको प्रचण्डले बताए ।
आफ्नै नेतृत्वको सरकारले एनआरएनलाई नागरिकता प्रदान गरेको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड
-
सात गोलको थ्रिलरमा हार्यो युनाइटेड
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए