नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विकासका लागि गैर आवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
आइतबार गैर आवासीय महासंघ(एनआरएन)को एकता महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले आर्थिक विकासका लागि निकै सहयोग पुग्ने अपेक्षा गरेका हुन् ।
‘हामीले नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने ऐतिहासिक आवश्यकता महशुस गरेका छौँ । हामी त्यसका निम्ति प्रयासरत छौँ । तपाईं एनआरएनमा संगठित वा असंगठित नेपालीहरू खासगरी एनआरएनसँग निकै ठुलो नेटवर्क छ, अनुभव छ, रिर्सोस पनि छ । त्यो नेपालको आर्थिक विकासका निम्ति निकै ठुलो सहयोग पुग्छ भन्ने हामीले विश्लास लिएका छौँ’, उनले भने ।
एनआरएनको हितका निम्ति सरकार र राजनीतिक नेतृत्वको तर्फबाट कतिपय सोच, कानुन संकृर्ण रहेकाले त्यसलाई सहजीकरण गर्ने जिम्मेवारी पनि राजनीतिक दलहरूको भएको प्रचण्डले बताए ।
आफ्नै नेतृत्वको सरकारले एनआरएनलाई नागरिकता प्रदान गरेको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण