विभिन्न स्थानमा ५ जना मृत फेला
सोमबार, २२ वैशाख २०८२, १३ : ०७
काठमाडौँ । इलामसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।
- इलाम, सूर्योदय नगरपालिका-१४ चुम्बाङ बस्ने ४३ वर्षीय शान्तिराज अधिकारी सोही नगरपालिका-१४ भुटेनीस्थित जिम्नी थुम्काको फेदी जंगलको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, पनौती नगरपालिका-९ सुनथान बस्ने ७५ वर्षीय पहले सैजु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- चितवन, खैरहनी नगरपालिका-९ सिमलटाँडी चोक नजिकै रहेको कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- धनुषा, जनकपुर उपमहानगरपालिका-८ स्थित पार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- सुर्खेत, भेरीगंगा नगरपालिका-१२ स्थित जंगलको खोल्सामा गुर्भाकोट नगरपालिका-५ बस्ने २६ वर्षीया प्रेमा वली आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण