मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

विभिन्न स्थानमा ५ जना मृत फेला

सोमबार, २२ वैशाख २०८२, १३ : ०७
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । इलामसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। 

  • इलाम, सूर्योदय नगरपालिका-१४ चुम्बाङ बस्ने ४३ वर्षीय शान्तिराज अधिकारी सोही नगरपालिका-१४ भुटेनीस्थित जिम्नी थुम्काको फेदी जंगलको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् । 
  • काभ्रे, पनौती नगरपालिका-९ सुनथान बस्ने ७५ वर्षीय पहले सैजु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । 
  • चितवन, खैरहनी नगरपालिका-९ सिमलटाँडी चोक नजिकै रहेको कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 
  • धनुषा, जनकपुर उपमहानगरपालिका-८ स्थित पार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । 
  • सुर्खेत, भेरीगंगा नगरपालिका-१२ स्थित जंगलको खोल्सामा गुर्भाकोट नगरपालिका-५ बस्ने २६ वर्षीया प्रेमा वली आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप