बार्सिलोनाका यी ब्राजिलियन स्टारलाई इटालीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आएको खुलासा
काठमाडौँ । ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको अग्र पङ्क्तिका प्रभावशाली खेलाडी हुन्, राफिन्हा । सन् २०२१ मा ब्राजिलको सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका राफिन्हा हाल स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्छन् ।
तर, धेरैलाई थाहा नहुन सक्छ, ब्राजिलियन टोलीबाट ‘डेब्यू’ गर्नुअघि उनलाई टोलीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आएको थियो । ला गजेटा डेलो स्पोर्टले सोमबार यस्तो खुलासा गरेको हो । समाचारमा जनाइए अनुसार, सन् २०१८ देखि सन् २०२३ सम्म रोबर्टो मान्सिनी इटालीको प्रमुख प्रशिक्षक थिए ।
मान्सिनी प्रमुख प्रशिक्षक हुँदा उनकै सल्लाहमा इटालियन फुटबल महासङ्घले रोफिन्हालाई टोलीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव राखेको थियो । यसका लागि इटालियन फुटबल महासङ्घका पदाधिकारीले पटक–पटक राफिन्हालाई भेटेर उनलाई फकाउने प्रयास गरेका थिए ।
समाचारमा जनाइए अनुसार, यो सन् २०२० को कुरा हो । त्यतिबेला राफिन्हा इङ्लिस क्लब लिड्स युनाइटेडबाट व्यावसायिक फुटबल खेल्थे । तर, राफिन्हाले इटालियन फुटबल महासङ्घको उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए ।
त्यसको केही समयपछि नै उनले ब्राजिलको राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । २८ वर्षीय राफिन्हा हाल बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्छन् । उनी सन् २०२२ मा लिड्स युनाइटेडबाट बार्सिलोनामा आबद्ध भएका हुन् ।
ब्राजिलियन खेलाडी राफिन्हा इटालीबाट खेल्न पनि योग्य भएकाले उनलाई यस्तो प्रस्ताव राखिएको समाचारमा जनाइएको छ । राहिन्हाका पिता राफेल डियास बेलोली इटालियन नागरिक हुन् । राफिन्हाकी आमा भने ब्राजिलियन नागरिक हुन् ।
बुवाको नागरिकताका आधारमा राफिन्हा इटालीको राष्ट्रिय टोलीबाट खेल्न योग्य थिए । बार्सिलोनाका खेलकुद निर्देशक डेकोले पनि यो समाचारको पुष्टि गरेका छन् । राफिन्हाका अतिरिक्त जर्जिन्होसँग पनि इटालियन फुटबल महासङ्घले आफ्नो राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव राखेको थियो ।
जर्जिन्हो हाल इटालीको राष्ट्रिय टोलीबाटै खेल्छन् । ब्राजिलमा जन्मिएका जर्जिन्हो १५ वर्षको उमेरमा इटाली बसाइ सरेका थिए । उनको बुढो हजुरबुवा इटालियन नागरिक थिए । यो सूचिमा अन्य ब्राजिलियन खेलाडीको नाममा पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण