‘जार’ अभिनयले एउटा सपना पूरा भयो : अभिनेता सौगात मल्ल
काठमाडौँ । अभिनेता सौगात मल्लले ‘जार’ दुई दशक अघि नै खेल्न मन लागेको फिल्म भएको बताएका छन् । साहित्यकार इन्द्र बहादुर राईको कथा ‘जार’ पढको सयमदेखि नै काम गर्ने रहर जागेको अभिनेता मल्लले बताए । ‘जार’ अभिनय गर्दा दुई दशक अगाडिको सपना पूरा भएको आफुले ठानेको उनको भनाई छ ।
‘२७ वर्षअघि नाटक ‘जार’ गुरुकुलमा हेरे नाटक हेरेको थिएँ । अभिनय गर्न भने पाएको थिइन्’ मल्लले भने ‘पुस्तक भने पटकपटक पढेको थिएँ । कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चारदिनसम्म सुत्ने वातावरण दिँदैन । मलाई ‘जार’ अध्यायनपछि त्यस्तै भएको थियो ।’
मुख्य मात्रै नभई जुनसुकै अभिनयका लागि अवसर आएको भएपनि चलचित्र ‘जार’ मा अभिनय गर्न आफु तयार रहेको उनले बताए ।फिल्ममा उनले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा शरीरमा काँडा नै उम्रिएको उनी बताउँछन् ।
‘मैले कागबेनीको चरित्रपछि जारलाई संगालेर राखेको थिएँ । गुरुकुलमा इन्द्रबहादुर राई आउनुहुँदा जारमा नाटक गर्ने हो भनेर सोध्नु भएको थियो । मैले अरु चलचित्र साइन गरिसकेको भएकोले गर्न मिलेन’, अभिनेता मल्ल भन्छन्, ‘कुनै दिन जारकै कथामा फिल्म बन्यो भने त्यो पात्र म निभाउँछु भनेको थिएँ ।’
कथा पढेपछि तीन महिनासम्म ‘जार’ कै पात्रमा बसेको उनले सुनाए । ‘मैले जब यो कथा पढेँ । मलाई यो कथाले यसरी तान्यो म त्यसभित्रै डुबेँछु । तीन महिनासम्म त जारबारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो । आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा फिलम बनाउँ वा काम गरौँ भन्ने रहर भयो भने सोच्दा सोच्दै यो त मैले गरिसकेँ त जस्तो हुनेरहेछ,’ उनले भने ।
कालान्तरमा त्यसैबाट अवसर आउनु सुखद् संयोग र भाग्यमानी दुवै भएको चर्चा गर्दै आफूले सपना देखेको फिल्ममा काम पनि त्यसैगरी गरेको बताए । २७ वर्षअघि ‘जार’ पढ्दाको उत्साह अहिले फिल्ममा काम गरेर पूरा गरेकामा अभिनेता मल्ल हर्षित छन् ।
‘नाटकमा नभए पनि त्यो सपना फिल्ममा पुरा भयो । यो फिल्ममा काम गरिरहँदा इन्द्रबहादुर राईले पनि मेरो काम हेरिरहनु भएको हो कि जस्तो लाग्थ्यो’, उनी भन्छन् । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको फिल्म हो ।
फिल्ममा सौगातसँगै अनुपविक्रम शाही, गीताञ्जली थापा लगायतको अभिनय छ । आगामी २६ गतेबाट प्रदर्शनमा आउँने फिल्म फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो । ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण