बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैन : तेहरान

सोमबार, २२ वैशाख २०८२, १६ : ३५
सोमबार, २२ वैशाख २०८२

तेहरान । विद्रोहीहरूले क्षेप्यास्त्र आक्रमणको दाबी गरेपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थलमा यमनी हुथी समूहको आक्रमणलाई समर्थन गरेको आरोपलाई इरानले सोमबार खण्डन गरेको छ । प्यालेस्टिनी जनताको समर्थनमा यमनसँगको एकतामा लिइएको स्वतन्त्र निर्णय भएको इरानको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।  

आइतबार यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रले बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा गहिरो खाडल पारेको  ६ जसमा ६ जना घाइते हुनुका साथै केही समयका लागि उडानहरू अवरूद्ध भएका थिए । इरान समर्थित हुथीहरूले बेन गुरियनविरुद्ध ‘हाइपरसोनिक ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको र इजरायली एयरपोर्टहरूमा थप आक्रमणको चेतावनी दिँदै जिम्मेवारी लिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणका लागि हुथी र इरानलाई कडा जवाफ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । टेलिग्राममा प्रकाशित एक भिडियोमा नेतान्याहूले इजरायलले विगतमा हुथीहरू विरुद्ध ‘कारबाही गरेको र हुथी समूहले इजरायली विमानस्थलमा गरेको पछिल्लो आक्रमणको  भविष्यमा जवाफ दिने बताएका छन् । 

यी चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानले सोमबार आफ्नो भूभागमा हुने कुनै पनि आक्रमणको बदला लिने चेतावनी दिएको छ । इरानले आफ्ना रक्षार्थ लड्ने दृढ संकल्प व्यक्त गर्दै इजरायल र अमेरिकालाई उाीहरूको आक्रमणको ‘परिणाम’ बारे सोचेर अघि बढ्न चेतावनी दिइएको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप