गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु
गाजा । सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । गाजाको उत्तरपश्चिममा तीनवटा अपार्टमेन्टमा भएको इजरायली हमलामा १५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताएका छन् ।
उनका अनुसार प्रभावित हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका थिए । गाजा सहरको उत्तरमा रहेको बेत लाहियास्थित एक घरमा भएको आक्रमणमा थप चार जनाको मृत्यु भएको चार जना घाइते भएको जनाइएको छ ।
इजरायली सेनाले भने हमलाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । इजरायलले १८ मार्चमा प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमण पुनः सुरु गरेदेखि गाजा पट्टीमा निरन्तर हमला गरिरहेको छ ।
इजरायलले मार्च २ देखि सबै क्षेत्रमा सहायता प्रवेश अवरुद्ध गरेको थियो । इजरायलले नाकाबन्दी र विस्फोट गाजाका बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाब दिने उद्देश्यले भएको बताइएकोे छ ।
सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणमा अपहरण गरिएका ५८ जना बन्धकहरू अझै पनि बन्धक जीवन विताइरहेका छन् । बन्दकमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।
एएफपीका अनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको थियो । इजरायली सेनाको जवाफी कारबाहीमा गाजामा कम्तिमा ५२ हजार ५३५ जनाको मृत्यु भएको हमासद्वारा नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण