आईपीएलको कीर्तिमानी शतकपछि चर्चामा आएका सूर्यवंशीलाई बिहार छाडेर बंगालबाट खेल्न प्रस्ताव

काठमाडौँ । इन्डियन प्रिमियर लिगको १८औँ संस्करणमा युवा ब्याट्सम्यान वैभव सूर्यवंशी निकै चर्चामा छन् । राजस्थान रोयल्सबाट आईपीएल खेलिरहेका १४ वर्षीय वैभवले गुजरात टाइटन्सविरुद्धको खेलमा आक्रामक शतक प्रहार गरेपछि उनको चर्चा चुलिएको हो ।
उक्त खेलमा उनले केवल ३५ बलमा शतक पूरा गरेका थिए । उनी आईपीएलको इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन् । यसका अतिरिक्त उनी आईपीएलको इतिहासमा सबैभन्दा बम बलमा शतक पूरा गर्ने समग्रमा दोस्रो र भारतको पहिलो ब्याट्सम्यान पनि बनेका छन् ।
त्यसैले त्यो शतकपछि एकाएक उनको चर्चा चुलिएको थियो । त्यसअघि उनले अप्रिल १९ तारिखमा खेलिएको लखनउ सुपर जायन्ट्सविरुद्धको खेलमार्फत आईपीएलमा ‘डेब्यू’ गरेका थिए । उनले प्रहारको शतकको चर्चा सेलाउन नपाउँदै उनी उमेरको विवाददमा पनि फस्न पुगे ।
वैभवमाथि उमेर ढाँटेको आरोप पनि लागेको छ । अहिले आएर उनी फेरि अर्को विवादमा फसेको छन् । खासमा उनको घर बिहारमा पर्छ । उनले बिहारकै टोलीबाट घरेलु क्रिकेट खेल्छन् । तर, आईपीएलको शतकपछि लोकप्रियता बढेसँगै उनले बिहार छाड्ने चर्चा सुरु भएको छ ।
उनले हालसम्म बिहारको टोलीबाट पाँचवटा ‘प्रमथ श्रेणी’ र ६ वटा ‘लिस्ट ए’ प्रतियोगिता खेलिसकेका छन् । उनले यी दुबै प्रतियोगितामा शतक पनि बनाएका छन् । अहिले बिहार छाडने समाचारहरु सार्वजनिक भएपछि वैभवको गृहनगरका समर्थकहरु दुःखी बनेका छन् ।
सानै उमेरमा वैभवको आक्रामक ब्याटिङबाट प्रभावित बनेको बंगाल क्रिकेट संघले उनलाई आफ्नो टोलीबाट खेल्न प्रस्ताव गरेको छ । बंगाल क्रिकेट संघले लोभलाग्दो प्रस्ताव दिएको समाचारमा जनाइएको छ ।
बंगाल क्रिकेट संघको टोलीबाट घरेलु प्रतियोगिता खेलेमा छिट्टै भारतीय क्रिकेट कन्ट्रोल बोड (बीसीसीआई) र छनोट समितिको आँखा उनीमाथि पर्ने र उनलाई भारतको राष्ट्रिय टोलीमा स्थान बनाउन सजिलो हुने लोभ पनि देखाइएको छ ।
तर, वैभले भने हालसम्म बंगाल क्रिकेट संघको प्रस्तावको जवाफ फर्काएका छैनन् । यो विषयलाई लिएर उनले आफ्ना शुभचिन्तकहरुसँग सल्लाह गरिरहेको समाचारमा दाबी गरिएको छ ।
यसअघि पनि बंगाल क्रिकेट संघले बिहारका केही चर्चित खेलाडीलाई यस्तै प्रलोभन दिएको थियो । अन्य राज्यका क्रिकेट संघले पनि खेलाडीलाई यस्तो प्रस्ताव दिन्छन् । यस्तै एक खेलाडी ईशान किशन पनि हुन् । उनी बिहारका खेलाडी हुन् तर, पछि उनले बिहार छाडेर झारखण्डबाट खेलेका थिए ।
यसैगरी, मुकेश कुमार, आकाश दीपले पनि बिहार छाडेर बंगाल क्रिकेट संघको टोलीबाट घरेलु प्रतियोगिता खेलेका थिए । यसका अतिरिक्त, आफ्नो समयका चर्चित खेलाडी सबा करिम पनि बिहारको टोली छाडेर बंगाल क्रिकेट संघबाट खेल्दै भारतको राष्ट्रिय टोलीसम्म पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ