बागमतीको बजेट अधिवेशन जेठ ५ गते बोलाउन सिफारिस
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे (बजेट अधिवेशन) ५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बजेट अधिवेशन ५ गते ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय भएको छ ।
उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नेछन् । यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन बैठक चैत २० गते अन्त्य गरिएको थियो । सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठक समेत बस्न नसकेपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो ।
प्रदेशसभाको बैठक गत माघ २६ गतेदेखि बस्न सकेको छैन भने प्रदेशसभामा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदन समेत होल्ड भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण