एआईले बनाएको आफ्नो पोप अवतारबारे के भन्छन् ट्रम्प ?
वासिङ्टन डीसी । सामाजिक सञ्जालमा एआईले बनाएको आफ्नो पोप अवतार शेयर गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै आलोचित बनेका थिए । यसैबिच उनले तस्बिरबारे प्रतिक्रिया दिएका छन् । फोटो कहाँबाट आयो भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ ।
हालै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसल र ह्वाइट हाउसको एक्स खातामा एउटा तस्बिर साझा गरिएको थियो । तस्बिरमा ट्रम्पले पोप जस्तै सेतो पोसाक र टोपी लगाएर घाँटीमा ठुलो क्रस भएको सिक्री लगाएर गम्भीर मुद्रामा एउटा औँला उठाएको अवस्थामा देखिएका थिए ।
ट्रम्पको यस तस्बिरको क्याथोलिक समूहले कडा विरोध गरेको थियो । न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पलाई उनीहरूको विश्वासको मजाक उडाएको आरोप लगाएको थियो । रोयटर्सको रिपोर्ट अनुसार, मे ५ मा एक रिपोर्टरले ट्रम्पलाई पोपको रूपमा उनको तस्बिरको बारेमा प्रश्न गरेका थिए ।
यसको जवाफमा ट्रम्पले त्यो तस्बिर आफूले नबनाएको बताएका थिए । ‘यसमा मेरो कुनै हात छैन । कसैले पोपको जस्तो पहिरन लगाएको मेरो तस्बिर बनाएर इन्टरनेटमा राख्यो । मैले यो गरेको होइन । मलाई थाहा छैन यो (तस्बिर) कहाँबाट आयो । यो सम्भव छ कि यो तस्बिर एआईद्वारा सिर्जना गरिएको हो, तर मलाई यसको बारेमा केही थाहा छैन ।’ स्पष्टीकरणको शैलीमा ट्रम्पले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण