बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

एआईले बनाएको आफ्नो पोप अवतारबारे के भन्छन् ट्रम्प ?

मङ्गलबार, २३ वैशाख २०८२, १२ : १५
मङ्गलबार, २३ वैशाख २०८२

वासिङ्टन डीसी । सामाजिक सञ्जालमा एआईले बनाएको आफ्नो पोप अवतार शेयर गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै आलोचित बनेका थिए । यसैबिच उनले तस्बिरबारे प्रतिक्रिया दिएका छन् । फोटो कहाँबाट आयो भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ । 

हालै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसल र ह्वाइट हाउसको एक्स खातामा एउटा तस्बिर साझा गरिएको थियो । तस्बिरमा ट्रम्पले पोप जस्तै सेतो पोसाक र टोपी लगाएर घाँटीमा ठुलो क्रस भएको सिक्री लगाएर गम्भीर मुद्रामा एउटा औँला उठाएको अवस्थामा देखिएका थिए । 

ट्रम्पको यस तस्बिरको क्याथोलिक समूहले कडा विरोध गरेको थियो । न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पलाई उनीहरूको विश्वासको मजाक उडाएको आरोप लगाएको थियो । रोयटर्सको रिपोर्ट अनुसार, मे ५ मा एक रिपोर्टरले ट्रम्पलाई पोपको रूपमा उनको तस्बिरको बारेमा प्रश्न गरेका थिए । 

यसको जवाफमा ट्रम्पले त्यो तस्बिर आफूले नबनाएको बताएका थिए । ‘यसमा मेरो कुनै हात छैन । कसैले पोपको जस्तो पहिरन लगाएको मेरो तस्बिर बनाएर इन्टरनेटमा राख्यो । मैले यो गरेको होइन । मलाई थाहा छैन यो (तस्बिर) कहाँबाट आयो । यो सम्भव छ कि यो तस्बिर एआईद्वारा सिर्जना गरिएको हो, तर मलाई यसको बारेमा केही थाहा छैन ।’ स्पष्टीकरणको शैलीमा ट्रम्पले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप