ट्रम्प रिसाइरहँदा हार्वार्ड विश्वविद्यालयले पाउने भएन कुनै अनुदान
वासिङ्टन डीसी । ट्रम्प प्रशासन र हार्वर्ड विश्वविद्यालयबिचको विवाद घट्ने कुनै संकेत छैन । ट्रम्प प्रशासनले अब हार्वर्ड विश्वविद्यालयलाई कुनै पनि नयाँ अनुदान नदिने घोषणा गरेको छ । नियमहरूको पालना नभएसम्म प्रतिबन्ध जारी रहने ह्वाइट हाउसल बताएको छ । शिक्षा मन्त्रालयले हार्वर्डका अध्यक्षलाई लेखेको पत्रमा कारबाहीको रूपरेखा बताइएको छ ।
ट्रम्प प्रशासनले हालै हार्वर्ड विश्वविद्यालयको लागि स्वीकृत २ खर्ब २० करोड डलरको अनुदान र ६ करोड डलरको सम्झौता रोकेको थियो । हार्वर्ड विश्वविद्यालयले राजनीतिक, वैचारिक र आतंकवादलाई समर्थन गर्ने विचारहरूलाई निरन्तर प्रवद्र्धन गरिरह्यो भने, यसको कर छुट खारेज समेत गरिने ट्रम्पले भनेका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा पोस्ट गर्दै लेखेका छन्, ‘यदि हार्वर्डले यसरी नै काम गरिरह्यो भने, यसलाई राजनीतिक संस्थाको रूपमा व्यवहार गरिनुपर्छ र कर लगाउनुपर्छ ।’
हार्वर्डले विश्वविद्यालयले जिम्मेवारी नदेखाएसम्म अनि कयौँ विषयमा संघीय मागहरू पूरा नगरेसम्म कुनै पनि नयाँ संघीय अनुदान प्राप्त नगर्ने शिक्षा मन्त्रालयका एक अधिकारीले भनेका छन् । यो कुरा संघीय अनुदान अनुसन्धानमा लागू हुने बताइएको छ ।
अधिकारीहरूले हार्वर्डलाई चार क्षेत्रमा गम्भीर असफलताको आरोप लगाएका छन् । यसमा प्रत्यक्ष रूपमा यहूदी विरोधी भावना, जातीय भेदभाव, कठोरताको त्याग र दृष्टिकोणको विविधता समावेश थियो । नयाँ अनुदानको लागि योग्य हुन, हार्वर्डले संघीय सरकारसँग वार्ता सुरु गर्नुपर्नेछ र प्रशासनको मागहरू पूरा गरेको प्रमाणित गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण