मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

केही देशका लागि भिसा आवेदनमा प्रतिबन्ध लगाउँदै बेलायत

मङ्गलबार, २३ वैशाख २०८२, १५ : ५५
मङ्गलबार, २३ वैशाख २०८२

लन्डन । बेलायतले केही देशका नागरिकका लागि भिसा आवेदनमा प्रतिबन्ध लगाउने भएको छ । ओभर स्टे धेरै हुने र बेलायतमा आश्रय खोज्दै आवेदन दिने सङ्ख्या धेरै भएका देशका नागरिकमाथि नयाँ सरकारी कारबाही अन्तर्गत यस्तो निषेध लगाउन लागिएको हो ।

 गृह मन्त्रालयको यस योजना अनुसार  पाकिस्तान, नाइजेरिया र श्रीलङ्का जस्ता देशका नागरिकलाई बेलायतमा गएर काम गर्न र पढ्न झनै गाह्रो हुन सक्ने देखिएको छ । 

सुरुमा कानुनी रूपमा काम गर्न वा पढ्न आउने तर पछि आश्रय खोज्ने समस्या बन्दै गएको छ । कुन कुन देशका नागरिकहरूले धेरे यस्तो गरिरहेका छन् भन्ने थप स्पष्ट गरिएको छ । गृह मन्त्रालयले पनि २०२० यता भिसामा आएकाहरूको एक्जिट चेकसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छैन । बेलायतबाट बाहिरिएका कतिपयको रेकर्ड छैन । डिपार्चर रेकर्ड नभएका बेलायतमै छन् भन्ने हुन्न । 

भिसामा प्रतिबन्ध लगाउनुको अर्थ आश्रय खोज्दै आवेदन दिनेको सङ्ख्या कमी आउनेछ भन्ने एकाथरीको विश्लेषण छ । २०२४ को ९ महिनाको अवधिमा ९९ हजार ७९० जनाले बेलायतमा आश्रय मागेका थिए । यीमध्ये ९ हजार ५६० जना पाकिस्तानी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप