केही देशका लागि भिसा आवेदनमा प्रतिबन्ध लगाउँदै बेलायत
लन्डन । बेलायतले केही देशका नागरिकका लागि भिसा आवेदनमा प्रतिबन्ध लगाउने भएको छ । ओभर स्टे धेरै हुने र बेलायतमा आश्रय खोज्दै आवेदन दिने सङ्ख्या धेरै भएका देशका नागरिकमाथि नयाँ सरकारी कारबाही अन्तर्गत यस्तो निषेध लगाउन लागिएको हो ।
गृह मन्त्रालयको यस योजना अनुसार पाकिस्तान, नाइजेरिया र श्रीलङ्का जस्ता देशका नागरिकलाई बेलायतमा गएर काम गर्न र पढ्न झनै गाह्रो हुन सक्ने देखिएको छ ।
सुरुमा कानुनी रूपमा काम गर्न वा पढ्न आउने तर पछि आश्रय खोज्ने समस्या बन्दै गएको छ । कुन कुन देशका नागरिकहरूले धेरे यस्तो गरिरहेका छन् भन्ने थप स्पष्ट गरिएको छ । गृह मन्त्रालयले पनि २०२० यता भिसामा आएकाहरूको एक्जिट चेकसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छैन । बेलायतबाट बाहिरिएका कतिपयको रेकर्ड छैन । डिपार्चर रेकर्ड नभएका बेलायतमै छन् भन्ने हुन्न ।
भिसामा प्रतिबन्ध लगाउनुको अर्थ आश्रय खोज्दै आवेदन दिनेको सङ्ख्या कमी आउनेछ भन्ने एकाथरीको विश्लेषण छ । २०२४ को ९ महिनाको अवधिमा ९९ हजार ७९० जनाले बेलायतमा आश्रय मागेका थिए । यीमध्ये ९ हजार ५६० जना पाकिस्तानी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण