युद्धविरामका लागि वार्ता गर्नुको कुनै तुक छैन : हमास
काठमाडाैँ । हमासका एक जना वरिष्ठ अधिकारीले गाजामा नयाँ युद्धविराम गर्न र बन्दीहरू रिहा गर्ने सम्झौताका लागि थप वार्ता गर्नुको कुनै तुक नभएको बताएका छन् ।
इजरायलले जर्बजस्ती गाजा कब्जा गर्ने विस्तृत योजनालाई पारित गरेपछि हमासको यस्तो प्रतिक्रिया आएको हो । इजरायलले गाजामा युद्ध चर्काइरहेकोले आफूहरू नयाँ प्रस्तावमा अल्झेर नबस्ने बीबीसीसँगको कुराकानीमा बसिम नाइमले भने ।
व्यापक स्तरमा कारबाहीको उद्देश्य हमासले कब्जा गरेर राखेको बन्दी फिर्ता ल्याउने र उनलाई निर्णायक हार चखाउन भएको सोमबार इजरायली सेनाले भनेको थियो । आफूहरू गाजामाथि कब्जा गर्ने र त्यहाँका अधिकांश बासिन्दालाई विस्थापित गर्ने युद्धमा आबद्ध हुने इजरायली अधिकारीहरूले पनि भनेका थिए ।
तर, यो कारबाही आगामी हप्ता हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण अघि सुरु नहुने अधिकारीहरूले भनेका छन् । यस बिचको अवधिलाई इजरायलले सम्झौतामा सहमति जनाउन हमासको लागि अवसरको झ्याल भनेको छ । तर नाइमको कुरा सुन्दा हमासले यसलाई अवसरको रूपमा नहरेको स्पष्ट हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण