बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

युद्धविरामका लागि वार्ता गर्नुको कुनै तुक छैन : हमास

मङ्गलबार, २३ वैशाख २०८२, १५ : ५६
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडाैँ । हमासका एक जना वरिष्ठ अधिकारीले गाजामा नयाँ युद्धविराम गर्न र बन्दीहरू रिहा गर्ने सम्झौताका लागि थप वार्ता गर्नुको कुनै तुक नभएको बताएका छन् ।

इजरायलले जर्बजस्ती गाजा कब्जा गर्ने विस्तृत योजनालाई पारित गरेपछि हमासको यस्तो प्रतिक्रिया आएको हो । इजरायलले गाजामा युद्ध चर्काइरहेकोले आफूहरू नयाँ प्रस्तावमा अल्झेर नबस्ने बीबीसीसँगको कुराकानीमा बसिम नाइमले भने । 

व्यापक स्तरमा कारबाहीको उद्देश्य हमासले कब्जा गरेर राखेको बन्दी फिर्ता ल्याउने र उनलाई निर्णायक हार चखाउन भएको सोमबार इजरायली सेनाले भनेको थियो । आफूहरू गाजामाथि कब्जा गर्ने र त्यहाँका अधिकांश बासिन्दालाई  विस्थापित गर्ने युद्धमा आबद्ध हुने इजरायली अधिकारीहरूले पनि भनेका थिए । 

तर, यो कारबाही आगामी हप्ता हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण अघि सुरु नहुने अधिकारीहरूले भनेका छन् । यस बिचको अवधिलाई इजरायलले सम्झौतामा सहमति जनाउन हमासको लागि अवसरको झ्याल भनेको छ । तर नाइमको कुरा सुन्दा हमासले यसलाई अवसरको रूपमा नहरेको स्पष्ट हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप