अख्तियारले फेटा गाउँपालिकाका दुई अधिकारीसहित मिडिया हाउसविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
मङ्गलबार, २३ वैशाख २०८२, १६ : १३
काठमाडौँ । बाराको फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, लेखा अधिकृत मुकेश प्रसाद साह र नेपाल मिडिया हाउस प्रा.लि.का प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
उनीहरूले सार्वजनिक खरिद ऐन विपरीत सूचना गोप्य राखी झुट्टा विवरणसहितको बिलमार्फत रु. १ लाख ४२ हजार १६० रकम भुक्तानी गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार मिडिया हाउस र उसका निर्देशकलाई पनि मुख्य कसूरदार सरह कारबाही हुनुपर्ने मागसहित आरोपपत्र पेश गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण