प्रचण्डले बाेलाएकाे बैठक अन्तिम समयमा स्थगित
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित भएको छ । लामो समय देखिको विवाद समाधानका लागि प्रचण्डले बुधवार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए ।
तर प्रचण्ड हिजो राति शौचालयमा लडेर घाइते भएपछि छलफल स्थगित भएको बुझिएको छ । सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओली अर्को सूचना नआएसम्म छलफल स्थगित भएको जानकारी दिए ।
‘संसदीय विवाद समाधानका लागि अध्यक्षले बोलाएर हामी काठमाडौँ आएका छौँ । छलफलका लागि दिउँसो १ बजे खुमलटार बोलाउनुभएको थियो । अहिले भर्खर बैठक स्थगित भएको खबर आएको छ । अर्को पटक बोलाउँछौ भनेका छन् । कहिले बोलावट हुन्छ थाहा छैन’, रातोपाटीसँग उनले भने ।
२०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेपछि विवाद उत्कर्षमा पुगेको छ । प्रचण्डले सहमतिमै विवाद समाधान गर्न पटक पटक निर्देशन दिएपनि कार्यान्वयन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण