अब फिल्मी संगीतमा पनि खेम सेन्चुरी
काठमाडौँ । लोकप्रिय गायक तथा भ्वाइस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् ।
ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधीन चलचित्र कोशेढुङ्गामा खेम सेन्चुरीले संगीत गरेको एउटा गीत रहने बताएका छन् ।
नेत्र अर्यालको शब्द रहने यो गीत तीज विशेष हुने बताइएको छ । ‘म त ढलेढले, सुर्ती माड्दा माड्दै, अरेली काँडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आँखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ’ जस्ता सुपरहिट गीतमा संगीत र स्वर दिइसकेका गायक सेन्चुरीका लोकलयमा आधारित गीतहरू ट्रेन्डिङमा पर्ने गरेका छन् ।
चलचित्रमा सेन्चुरीको आगमनलाई अर्थपूर्ण रूपले हेरिएको छ ।
नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा सरोज पौडेल निर्देशक छन् भने प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा रहेका छन् ।
फिल्मका कार्यकारी निर्मातामा दिनेश खड्का हुन् । आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, मन्जिल कुमार चलचित्रमा मुख्य कलाकारका रूपमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण