मकवानपुर महिला गोल्डकपः उपाधि जित्ने दुवै टिमको दाबी
मकवानपुर । हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदै छ । प्रतियोगिताको फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी उचाल्ने दाबी गरेका छन् ।
बुधबार हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले मेहनत गरेर उपाधि हात पार्ने दाबी गरेका हुन् । एपीएफका प्रशिक्षक जिवेश पाण्डेले मेहनत गरेर उपाधि जित्ने बताए । पुलिस पनि राम्रो टिम भएको बताउँदै उनले आट्याकिङमै ध्यान दिएर खेल्ने पनि बताए ।
एपीएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकोले आफूहरूले अलि रेष्ट कम पाएको तर फाइनलमा उपाधि जित्ने गरी खेल्ने दाबी गरिन् ।यस्तै पुलिसका प्रशिक्षक भोला सिलकारले एपीएफ तुलनात्मक रूपमा आफूहरूभन्दा बलियो टिम भएपनी कम्पिटिसनमा उत्रने बताए ।
एपीएफ राष्ट्रिय खेलाडीले भरिपूर्ण एपीएफ बलियो भए पनि आफूहरूले जित्ने गरी खेल्ने र सबै खेलाडी शारीरिक रूपमा फिट रहेको बताए । यो पटक एपीएफलाई रोक्ने आफूहरूको रणनीति रहेको पनि उनले बताए ।
पुलिसकी कप्तान निरुता थापाले यो उपाधि जित्ने गरी आफूहरू मैदान उत्रने बताइन् । प्रतियोगिता पुलिस रौतहटको महिला टिमलाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै एपीएफ वीरगन्जलाई १२–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा सङ्कटालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गनेछ भने अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो सिजनमा एपीएफ र पुलिसबिच ५ पटक फाइनलमा भेट भएकोमा सबै उपाधि एपीएफले जितेको छ ।केही दिन अघि नुवाकोट,लिग गेम, इलाम, नेपालगन्ज र लुम्बिनीमा भएको प्रतियोगिताको फाइनलमा दुई टोलीबिच प्रतिस्पर्धा भएकोमा एपीएफले सबै खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण