सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी

बिहीबार, २५ वैशाख २०८२, ०८ : ५२
बिहीबार, २५ वैशाख २०८२

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुलो व्यापार सम्झौताको घोषणा गर्दैछन् । आफूले बिहीबार एउटा महान र धेरै सम्मानित देशसँग ठुलो व्यापार सम्झौता घोषणा गर्ने  बुधबार उनले आफ्नो सामाजिक सञ्जाल मञ्च ट्रुथ सोसलमा भनेका थिए । घोषणा बिहीबार बिहान ह्वाइट हाउसको पत्रकार सम्मेलनमा हुने भनिएको छ ।

‘बिहीबार बिहान १०ः०० बजे ओभल अफिसमा एउटा ठुलो पत्रकार सम्मेलन हुनेछ जहाँ एउटा ठुलो र धेरै सम्मानित देशका प्रतिनिधिहरूसँग एउटा प्रमुख व्यापार सम्झौताको बारेमा छलफल गरिनेछ । यो धेरै सम्झौताहरू मध्ये पहिलो हुनेछ’उनले लेखेका छन् ।

सम्झौता कुन देशसँग हुन लागेको हो र सम्झौता केको बारेमा हो भन्ने चाँहि ट्रम्पले कुनै विस्तृत जानकारी दिएका छैनन् । ह्वाइट हाउसले ट्रम्पको यो पोस्टको स्क्रिनसट ट्विटरमा पनि सेयर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप