ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी
बिहीबार, २५ वैशाख २०८२, ०८ : ५२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुलो व्यापार सम्झौताको घोषणा गर्दैछन् । आफूले बिहीबार एउटा महान र धेरै सम्मानित देशसँग ठुलो व्यापार सम्झौता घोषणा गर्ने बुधबार उनले आफ्नो सामाजिक सञ्जाल मञ्च ट्रुथ सोसलमा भनेका थिए । घोषणा बिहीबार बिहान ह्वाइट हाउसको पत्रकार सम्मेलनमा हुने भनिएको छ ।
‘बिहीबार बिहान १०ः०० बजे ओभल अफिसमा एउटा ठुलो पत्रकार सम्मेलन हुनेछ जहाँ एउटा ठुलो र धेरै सम्मानित देशका प्रतिनिधिहरूसँग एउटा प्रमुख व्यापार सम्झौताको बारेमा छलफल गरिनेछ । यो धेरै सम्झौताहरू मध्ये पहिलो हुनेछ’उनले लेखेका छन् ।
सम्झौता कुन देशसँग हुन लागेको हो र सम्झौता केको बारेमा हो भन्ने चाँहि ट्रम्पले कुनै विस्तृत जानकारी दिएका छैनन् । ह्वाइट हाउसले ट्रम्पको यो पोस्टको स्क्रिनसट ट्विटरमा पनि सेयर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण