टिकेन सेयर बजारको उत्साह, फाइनान्स समूह भने बढेको बढ्यै
काठमाडौँ । सेयर बजार परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन उच्च सुधार रहेको बजार आज करेक्सन (सुधार) को बाटोमा गएको हो ।
आज परिसूचक १२.६० अंकले घटेर २६६१.०८ अंकमा पुगेको हो । बुधबार शेयर बजार परिसूचक ६३ अंकले बढेको थियो । यसरी बजार बढ्नुमा राजनीतिक स्थायित्व र राष्ट्र बैंकको गभर्नर नियुक्तिको संकेतलाई लिइएको थियो ।
सत्ता साझेदार दल काँग्रेसले आफूले भनेको उम्मेदवारलाई गभर्नर नियुक्ति गर्ने वातावरण बनाउन शुक्रबारसम्मको समय दिएको छ । तर, आजसम्म गभर्नर नियुक्तिको हुन सकेको छैन ।
आज बजार घटे पनि कारोबार रकममा भने उत्साह कायमै छ । आज बजारमा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो जबकी हिजो १० अर्ब २२ करोडको मात्रै कारोबार भएको थियो ।
आज बजारमा १५० कम्पनीको मूल्य घटेको छ भने ९६ कम्पनीको मूल्य बढेको छ । फाइनान्स समूह आज पनि ४ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ । आन ६ वटा समूहको परिसूचक बढ्दा ७ वटाको बढेको देखिन्छ ।
बजारमा गिरावटका बाबजुद आज ४ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्समा सकारात्मक सर्किट लागेको हो । बजारमा आज ङादी ग्रुप पावरको शेयर सर्वाधिक कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण