पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाउँदै विद्यालय
काठमाडौँ । विद्यार्थी भर्ना अभियान र पठनपाठन सँगसँगै अघि बढेको छ । सरकारले वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । तर, सोही समयमा शिक्षकहरूले शैक्षिक हड्तालसँगै सडक आन्दोलन गरेपछि विद्यार्थी भर्ना अभियान प्रभावित बनेको थियो ।
आन्दोलनरत शिक्षकहरूसँग सरकारले वैशाख १७ गते ९ बुँदे सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरेर शिक्षकहरूले पठनपाठन र विद्यार्थी भर्ना अभियान सहभागी भएका थिए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक राम प्रसाद शर्माले पठनपाठन र विद्यार्थी भर्ना अभियान सँगसँगै अघि बढेको बताए ।नयाँ शैक्षिक सत्रमा पठनपाठनको कार्य अघि बढेपछि सरकारले पठनपाठन र विद्यार्थी भर्ना अभियान सँगसँगै अघि बढाएको हो ।
शिक्षकहरूसँगको सहमितपछि देशभर पठनपाठनसँगै भर्ना अभियान सञ्चालनमा छ । कतिपय पालिका तथा विद्यालयहरूले शिक्षकहरूको आन्दोलनकै क्रममा समेत भर्ना अभियान सञ्चालन गरेका थिए । स्थानीय जनप्रतिनिधि तथा अभिभावकहरूको सहयोगमा विद्यार्थी भर्ना अघि बढेको थियो । भर्ना अभियान सुरु हुन नसकेका विद्यालयहरूले अहिले पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाएका हुन् ।
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चिता भन्ने आदर्श वाक्य सहित यो वर्षको शैक्षिक सत्र सुरु भएको थियो ।शिक्षा मन्त्रालयको तथ्यांक अनुसार प्रारम्भिक बाल विकास र शिक्षाको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६.३ प्रतिशत छ ।
आधारभूत तहको कुल भर्ना दर १२८ प्रतिशत, खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तहको खुद भर्ना दर ५५.८ प्रतिशत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण