नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आवास कम्पनीका इन्जिनियर विरुद्ध मुद्दा दायर
बिहीबार, २५ वैशाख २०८२, १६ : ११
काठमाडौँ । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोकमा करारमा कार्यरत सुमन खनालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । खनालले करारमा नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको ब्याचलर अफ सिभिल इन्जिनियरिङ र नेपाल इन्जिनियरिङ काउन्सिलको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, नेपाल इन्जिनियरिङ्ग परिषदको प्रमाण पत्र, इन्जिनिरिङ्गको लाइसेन्स समेतको नक्कली शैक्षिक योग्यता तथा प्रमाणपत्र पेस गरी लाभ र सुविधा लिएको आरोप अख्तियारको छ । उनीविरुद्ध ६ महिनादेखि एक वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म बिगो मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण