भारत पाकिस्तान तनाव
पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण : भारत
बिहीबार, २५ वैशाख २०८२, २१ : ४७
नयाँ दिल्ली । पाकिस्तानले जम्मू र पठानकोटमा ड्रोनबाट आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको दैनिक भास्करको समाचारमा उल्लेख छ।
यसैबिच, जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ । सो क्षेत्रमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।
यसैगरी पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको बताइएको छ। भारतीय सञ्चारमाध्यमले जम्मू नजिकै पाकिस्तानको एफ-१६ विमान खसालेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गर्न लगाइएको छ। पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कता अपनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
-
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि 'प्रदेश बचत खाता’ सुरु
-
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण