भारत पाकिस्तान तनाव
पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण : भारत
बिहीबार, २५ वैशाख २०८२, २१ : ४७

नयाँ दिल्ली । पाकिस्तानले जम्मू र पठानकोटमा ड्रोनबाट आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको दैनिक भास्करको समाचारमा उल्लेख छ।
यसैबिच, जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ । सो क्षेत्रमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।
यसैगरी पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको बताइएको छ। भारतीय सञ्चारमाध्यमले जम्मू नजिकै पाकिस्तानको एफ-१६ विमान खसालेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गर्न लगाइएको छ। पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कता अपनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने