श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
शुक्रबार, २६ वैशाख २०८२, १३ : ०४
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको बताएका छन् ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा विद्युत् प्राधिकरण घाटामा गएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिए । उनले छिट्टै प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गराउने जानकारी दिए ।
प्राधिकरणको श्वेतपत्रप्रति सांसदहरुले राखेका धारणाप्रति मन्त्री खड्काले आफ्नो धारणा राख्न सांसदहरु स्वतन्त्र रहेको प्रतिक्रिया दिए । उनले संसद् अधिकार सम्पन्न रहेकाले संसदीय समिति बनाएर छानबिन गरे अझ राम्रो हुने टिप्पणी गरे ।
त्यस्तै मन्त्री खड्काले अब मुलुकमा लोडसेडिङ नहुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण