नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
काठमाडौँ । नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आइतबार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै सांसदहरूलाई बैठकमा अनिवार्यरुपमा उपस्थित हुन र पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत प्रस्तुत गरिएको ‘आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ’, एमाले प्रमुख सचेतकले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण