‘पाकिस्तानलाई भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार छ’
इस्लामाबाद । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानलाई भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार रहेको स्पष्ट पारेका छन् ।
बीबीसीसँग कुराकानी गर्दै उनले भने , ‘यो पाकिस्तानले भड्काएको होइन र पाकिस्तानलाई जवाफ दिने अधिकार छ। देशको सेनालाई आक्रमणको जवाफ दिने पूर्ण अधिकार छ।’
जम्मू शहरको रेहारी कोलोनीमा भएको आक्रमणमा धेरै घरहरूमा क्षति पुगेको छ । धेरै सवारी साधनका झ्यालहरू फुटेको स्थानीय मानिसहरूले बताएका छन्।
यद्यपि, अताउल्लाह तरारले नागरिकलाई लक्षित गरेको आरोप अस्वीकार गरेका छन्। यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पाकिस्तानले केवल सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको छ।’
शनिबार नै भारतले पाकिस्तानले उच्च गतिको क्षेप्यास्त्र प्रयोग गरेको आरोप लगाएको थियो। भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानको गतिविधि निरन्तर उत्तेजक रहेको छ। प्रतिक्रियामा, भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण