अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द
काठमाडौँ । प्रिन्टिङ प्रणालीमा समस्या आएपछि अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द भएको छ । अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएकोमा मेशिन बिग्रिएपछि विहिबारदेखि बन्द भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
‘अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरुको लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाई कार्य हुँदै आएकोमा,’ विभागले सूचना जारी गर्दै भनेको छ, ‘यही मिति २०८२।०१।२५ गतेदेखि विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भैरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदा सम्मका लागि अत्यावश्यक चालक अनुमतिपत्र छपाई कार्य बन्द गरिएको जानकारी गराइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण