भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँग युद्धविरामका लागि वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीको इस्तान्बुलमा ‘प्रत्यक्ष वार्ता’ का लागि गरेको प्रस्तावबारे सिधा जवाफ नदिँदै उनले भने, ‘रुसले युद्ध अन्त्य गर्नेबारे सोच्नु सकारात्मक संकेत हो ।’ उनले यो कुरा सारा विश्वले लामो समयदेखि प्रतीक्षा गरिरहेको बताउँदै कुनै पनि युद्ध अन्त्य गर्ने पहिलो कदम भनेको युद्धविराम रहेको जिकिर गरे ।
‘यो हत्याको शृङ्खलालाई थप एक दिन जारी राख्नुको कुनै औचित्य छैन । हामी भोलिदेखि सुरु हुने गरी रुसबाट पूर्ण, दीर्घकालीन र भरोसायोग्य युद्धविरामको अपेक्षा गर्छौँ । त्यसपछि युक्रेन भेटवार्ताका लागि तयार हुनेछ,’ उनले भने ।
यसअघि, रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग ‘सिधा वार्ता’ को प्रस्ताव गरेका थिए । उनले मे १५ भन्दा अघि नै कुनै ढिलाइ बिनै वार्ता सुरु गर्नुपर्ने बताएका हुन् ।
‘हामी गम्भीर वार्ता चाहन्छौँ...यो द्वन्द्वको जरो कारण हटाउन र दीर्घकालीन र बलियो शान्तितर्फ अघि बढ्न,’ शनिबार राति क्रेम्लिनबाट दुर्लभ टेलिभिजन सम्बोधनमार्फत पुटिनले भने ।
- याे पनि
आफ्नो सम्बोधनमा पुटिनले युक्रेनसँगको वार्ता टर्कीको सबैभन्दा ठुलो सहर इस्तानबुलमा गर्न प्रस्ताव पनि गरेका थिए । उनले यो वार्ताले रुस र युक्रेनले ‘नयाँ युद्धविराम’ मा सम्झौता हुनसक्ने सम्भावना व्यक्त गरे । यसबारे टर्कीका राष्ट्रपति रेसेप तैयक एर्डोगानसँग आइतबार छलफल गर्ने पनि पुटिनले जानकारी दिएका छन् ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रुसी राष्ट्रपति पुटिनको घोषणाको स्वागत गरेका छन् । उनले यो ‘रुस र युक्रेनका लागि सम्भावित उत्कृष्ट दिन’ भएको जिकिर गरे ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘जब यो अन्तहीन हिंसा सम्भावित रूपमा अन्त्य हुँदा जोगिने सयौँ हजारौँ ज्यानको बारेमा सोच्नुहोस् । यो पूर्णरुपमा नयाँ र अझ राम्रो विश्व हुनेछ ।’
उनले यसलाई सम्भव तुल्याउन दुवै पक्षसँग संवाद जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ? (नामावलीसहित)
-
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा
-
एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य