युद्धविराम पछि सामान्य बन्दै श्रीनगरको अवस्था, खोलिए विद्यालयहरू
नयाँ दिल्ली । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मू कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ । बीबीसी संवाददाता मजिद जहाँगीरको रिपोर्टका अनुसार श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेका छन् ।
बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै नखुलेका उनले बताए । समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कुल जाँदै गरेको देखिएको थियो । रियासीमा पनि विद्यालयहरूमा पढाई सुरु हुन थालेका छन् ।
भारी गोलाबारीबाट प्रभावित पुंछमा पनि जीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ र बजारहरू खुल्न थालेका छन् । एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोनहरू देखेको बताएको छ ।
साम्बा क्षेत्रमा केही शङ्कास्पद ड्रोनहरू देखिएका थिए तर तिनीहरूलाई निष्क्रिय पारिएको थियो, र चिन्ता लिनु पर्दैन भनेर सेनाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण