सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
बिहीबार, ०१ जेठ २०८२, १२ : ५०
सारांश
- नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले निजामती कर्मचारीसम्बन्धी विधेयकमा सरकारको उदासीनताको प्रश्न उठाए।
- उनले निजामती कर्मचारीसम्बन्धी विधेयक लामो समयदेखि विचाराधीन रहँदा सरकारले चासो नदेखाएको गुनासो समेत गरे।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले निजामती कर्मचारीसम्बन्धी विधेयकमा सरकारले उदासीनता देखाएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद घर्ती मगरले भूमि सम्बन्धी अध्यादेश स्वीकृत नभएपछि त्यसैलाई विधेयक बनाएर ल्याउन किन हतार भयो भन्ने प्रश्न समेत गरे ।
‘लामो समयदेखि निजामती कर्मचारीसम्बन्धी विधेयक संसदमा विचाराधीन अवस्थामा छ । त्यसलाई छिटो टुङ्ग्याउन सरकारले चासो दिएको छैन । तर, माघमा सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई अहिले नियमित रूपमा विधेयकको रूपमा संसद्मा प्रस्तुत गरिसक्यो,’ सांसद घर्ती मगरले भने, ‘एउटा विधेयकमा उदासीनता र अर्कोमा हतारो सरकारलाई किन पर्यो ? त्यो हामीले बुझ्न सकेका छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण