शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियो : सांसद सिंह

बिहीबार, ०१ जेठ २०८२, १३ : १४
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाए।
  • सांसद सिंहले राजनीतिक दलको सदस्य गभर्नर नहुने भन्दै विज्ञलाई नियुक्त गर्न सुझाव दिए।
  • कायममुकायम गभर्नर निलम ढुङ्गानालाई गभर्नर नियुक्त गर्न उनले सुझाव दिए।

काठमाडौँ ।  स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले दलीय भागबन्डामा गभर्नर बनाउनका लागि चलखेल भइरहेको र त्यसैका कारण नियुक्तिमा ढिलाइ भइरहेको आरोप लगाएका हुन् ।

उनले गभर्नर नियुक्तिको चलखेललाई हेर्दा लाज पनि लजाएको टिप्पणी गरे । उनले राजनीतिक दलको सदस्य गभर्नर नहुने भएकाले त्यहाँभित्रकै कोही विज्ञलाई गभर्नर बनाउन सुझाव दिए । हरेक क्षेत्रमा राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिलाई लगाम लगाउनुपर्ने उनले बताए ।

उनले कार्यकर्तालाई नियुक्ति दिने परम्परा बनाएर राज्यका अङ्गहरू औचित्यहीन भएर जाने उल्लेख गरे । कायममुकायम गभर्नर निलम ढुङ्गानालाई गभर्नर नियुक्ति गर्न सरकारलाई उनले सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप