राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियो : सांसद सिंह
बिहीबार, ०१ जेठ २०८२, १३ : १४
सारांश
- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाए।
- सांसद सिंहले राजनीतिक दलको सदस्य गभर्नर नहुने भन्दै विज्ञलाई नियुक्त गर्न सुझाव दिए।
- कायममुकायम गभर्नर निलम ढुङ्गानालाई गभर्नर नियुक्त गर्न उनले सुझाव दिए।
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले दलीय भागबन्डामा गभर्नर बनाउनका लागि चलखेल भइरहेको र त्यसैका कारण नियुक्तिमा ढिलाइ भइरहेको आरोप लगाएका हुन् ।
उनले गभर्नर नियुक्तिको चलखेललाई हेर्दा लाज पनि लजाएको टिप्पणी गरे । उनले राजनीतिक दलको सदस्य गभर्नर नहुने भएकाले त्यहाँभित्रकै कोही विज्ञलाई गभर्नर बनाउन सुझाव दिए । हरेक क्षेत्रमा राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिलाई लगाम लगाउनुपर्ने उनले बताए ।
उनले कार्यकर्तालाई नियुक्ति दिने परम्परा बनाएर राज्यका अङ्गहरू औचित्यहीन भएर जाने उल्लेख गरे । कायममुकायम गभर्नर निलम ढुङ्गानालाई गभर्नर नियुक्ति गर्न सरकारलाई उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण