परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
सारांश
- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बिमस्टेकका महासचिव र किर्गिस्तानका राष्ट्रपतिका विशेष दूतले शिष्टाचार भेटवार्ता गरे।
- भेटमा, मन्त्री राणाले बिमस्टेक र किर्गिस्तानसँगको सम्बन्ध विस्तारबारे छलफल गरिन्, जलवायु परिवर्तन र द्विपक्षीय सहकार्यका विषयमा जोड दिइयो।
- सगरमाथा संवादमा सहभागिता र पर्यटन, कृषि, जलविद्युत लगायतका क्षेत्रमा सहकार्यको सम्भावनाबारे छलफल भयो।
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग आज बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेटवार्ता गरेका छन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगेका महासचिव पाण्डेले मन्त्री डा. राणासँग साइडलाइन भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा मन्त्री राणाले विमस्टेकका उद्देश्य र सिद्धान्तप्रतिको नेपालको दृढ प्रतिबद्धता दोहोर्याएकी थिइन् । साथै, नेपाल र बिमस्टेकबिच जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयका विषयमा पनि गम्भीर छलफल भएको थियो।
त्यसैगरी, किर्गीस्तानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आजै मन्त्री डा. राणासँग शिष्टाचार भेट गरेका छन् । सगरमाथा संवादमा भाग लिन नेपालमा रहेका कामेलोभाले राजधानीस्थित होटल सोल्टीमा मन्त्री राणासँग भेट गरेका हुन् ।
भेटका क्रममा मन्त्री राणाले कामेलोभालाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल–किर्गिस्तान द्विपक्षीय सम्बन्ध विस्तारको सम्भावनाबारे चर्चा गरे । पर्यटन, कृषि, जलविद्युतलगायतका क्षेत्रमा दुवै देशबिच सहकार्यका नयाँ आयामहरू पहिचान गर्न सकिने विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण