सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
आइतबार, ०४ जेठ २०८२, ०९ : १०
काठमाडौँ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ।
अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली आइतबार अछाम हुँदै दैलेखको राकम कर्णालीमा प्रवेश गरेकाे हाे । राकम कर्णालीमा सहिद परिवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेर टोली आज मध्यपहाडी राजमार्गका जम्बुकाँध, दुल्लु हुँदै दैलेख सदरमुकाम पुग्ने छ ।
यसअघि बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डा फहराइएको थियो।
उक्त झन्डा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इन्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण