कतारमा नयाँ युद्धविराम वार्ता, हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
दोहा । गाजामा युद्धविरामका लागि इजरायल र हमासबिच कतारमा शनिबार नयाँ वार्ता सुरु भएको छ। वार्तापछि, हमासले नयाँ युद्धविराम सम्झौताको एक भागको रूपमा थप इजरायली बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ।
इजरायली सेनाले गाजा पट्टीमा ठुलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि दुई बिचको यो कुराकानी सुरु भएको थियो। एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले ६० दिने युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा नौ इजरायली बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ।
ती अधिकारीका अनुसार नयाँ सम्झौताले राहत सामग्री बोकेका ४०० ट्रकहरू गाजा प्रवेश गर्न अनुमति दिनेछ र गाजाबाट बिरामी मानिसहरूलाई बाहिर निकाल्न पनि अनुमति दिनेछ। बदलामा, इजरायलले बाँकी रहेका सबै बन्धकहरूको जीवित रहेको प्रमाण र उनीहरूको बारेमा सबै जानकारी उपलब्ध गराउन माग गरेको छ।
यो चरणको युद्धविराम वार्ता कतार र अमेरिकाका मध्यस्थकर्ताहरू मार्फत दोहामा भइरहेको छ। यो वार्ता शनिबार दिउँसो सुरु भयो।
इजरायलले प्रस्तावित सम्झौताको बारेमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन । तर वार्ता अघि उसले गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने वा युद्ध अन्त्य गर्ने कुनै वाचा नगर्ने बताएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण