कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
विराटनगर। कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । मन्त्रीपरिषद्को बैठकले गत वैशाख २४ गते बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आव्हान गरेका हुन् । आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेको सूचना पढेर सुनाउने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबुल हुने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट प्रदेशसभामा धारणा राख्ने कार्यक्रम छ ।
यसैबिच प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण