लमजुङ तरुण दल विवाद
लमजुङमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेहरू पक्राउ परेनन्
आइतबार, ०४ जेठ २०८२, १७ : ००
सारांश
- लमजुङको वेशीसहरमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार भयो, जसमा खुसीजंग गुरुङ र सुदीप अधिकारी घाइते भए।
- घाइतेहरूको चितवनमा उपचार भइरहेको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।
काठमाडौँ । शनिबार लमजुङको वेशीसहरमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार भयो । खुकुरी प्रहारबाट घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार हुँदैछ । गुरुङ वेशीसहर नगरपालिका वडा नम्बर–१ को अध्यक्ष समेत हुन् । जिल्ला अधिवेशन उद्घाटनको क्रममा उनीहरूलाई तरुण दलकै अर्को समूहले खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट घाइते भएका अरू ३ जना डिस्चार्ज भएका छन् । खुकुरी प्रहारमा संलग्नहरूलाई पक्राउ परेका छैनन् । घटनमा संलग्नहरूको खोजी भइरहेको लमजुङका डीएसपी रेशम बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘आक्रमणमा संलग्नहरूको पहिचान र खोजी कार्य हुँदैछ ।’
गण्डकी प्रदेशका मन्त्रीद्वय टकराज गुरुङ र भेषबहादुर पौडेल झडप हुँदा घटनास्थलमा नै थिए । उनीहरू दुवैले फरक समूहको प्रतिनिधित्व गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण