वर्ड फ्लुको चपेटामा ब्राजिल
रियो डि जेनरियो । यतिबेला विश्वको सबैभन्दा ठुलो कुखुरा निर्यातकर्ता देश ब्राजिल वर्ड फ्लुको चपेटामा परेको छ । शुक्रबार त्यहाँको एक कुखुरा फारममा वर्ड फ्लु प्रकोपको पुस्टी भएपछि धेरै देशहरूले त्यहाँबाट कुखुरा र अण्डा आदिको आयातमा प्रतिबन्ध लगाएका छन् ।
यसरी प्रतिबन्ध लगाउनेमा मेक्सिको, चिली र उरुग्वे जस्ता ल्याटिन अमेरिकी देशहरू छन् । यसअघि चीन र युरोपेली संघ (ईयू)ले पनि ब्राजिलबाट कुखुराको आयात बन्द गरेका थिए ।
ब्राजिलको कृषि तथा पशुपालन मन्त्रालयले शुक्रबार दक्षिणी राज्य रियो ग्रान्डे डो सुलको एक व्यावसायिक कुखुरा फार्ममा वर्ड फ्लुको घटना पुष्टि भएको बताएको छ । ब्राजिलको व्यावसायिक फार्ममा वर्ड फ्लु पत्ता लागेको यो पहिलो पटक हो । यस अघि त्यहाँ जङ्गली चराहरूमा मात्रै वर्ड फ्लु देखिन्थे ।
सावधानी अपनाउँदै ब्राजिलबाट कुखुराको मासु, अण्डा दिने, जिउँदो कुखुरा र अन्य कुखुराजन्य उत्पादनहरूको आयातमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको मेक्सिकोले आफ्नो विज्ञप्तिमा भनेको छ । यसैबिच, चिली र उरुग्वेले पनि कुखुराको आयात रोक्ने निर्णय गरेको ब्राजिलको कृषि मन्त्रालयका अधिकारी लुइस रुआले बताए ।
पछिल्ला केही महिनाहरूमा वर्ड फ्लूका कारण अमेरिकामा अण्डाको ठुलो अभाव भएको थियो । यसैबिच ब्राजिलबाट अमेरिकामा अण्डाको निर्यात एक हजार प्रतिशतभन्दा धेरैले बढेको थियो । यसैबिच, ब्राजिल सरकारले संक्रमित कुखुरा फार्ममा तुरुन्तै आपत्कालीन योजना लागू गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण