आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

वर्ड फ्लुको चपेटामा ब्राजिल

आइतबार, ०४ जेठ २०८२, १२ : १२
आइतबार, ०४ जेठ २०८२

रियो डि जेनरियो । यतिबेला विश्वको सबैभन्दा ठुलो कुखुरा निर्यातकर्ता देश ब्राजिल वर्ड फ्लुको चपेटामा परेको छ । शुक्रबार त्यहाँको एक कुखुरा फारममा वर्ड फ्लु प्रकोपको पुस्टी भएपछि धेरै देशहरूले त्यहाँबाट कुखुरा र अण्डा आदिको आयातमा प्रतिबन्ध लगाएका छन् । 

यसरी प्रतिबन्ध लगाउनेमा मेक्सिको, चिली र उरुग्वे जस्ता ल्याटिन अमेरिकी देशहरू छन् । यसअघि चीन र युरोपेली संघ (ईयू)ले पनि ब्राजिलबाट कुखुराको आयात बन्द गरेका थिए । 

ब्राजिलको कृषि तथा पशुपालन मन्त्रालयले शुक्रबार दक्षिणी राज्य रियो ग्रान्डे डो सुलको एक व्यावसायिक कुखुरा फार्ममा वर्ड फ्लुको घटना पुष्टि भएको बताएको छ । ब्राजिलको व्यावसायिक फार्ममा वर्ड फ्लु पत्ता लागेको यो पहिलो पटक हो । यस अघि त्यहाँ जङ्गली चराहरूमा मात्रै वर्ड फ्लु  देखिन्थे । 

सावधानी अपनाउँदै ब्राजिलबाट कुखुराको मासु, अण्डा दिने, जिउँदो कुखुरा र अन्य कुखुराजन्य उत्पादनहरूको आयातमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको मेक्सिकोले आफ्नो विज्ञप्तिमा भनेको छ । यसैबिच, चिली र उरुग्वेले पनि कुखुराको आयात रोक्ने निर्णय गरेको ब्राजिलको कृषि मन्त्रालयका अधिकारी लुइस रुआले बताए । 

पछिल्ला केही महिनाहरूमा वर्ड फ्लूका कारण अमेरिकामा अण्डाको ठुलो अभाव भएको थियो । यसैबिच  ब्राजिलबाट अमेरिकामा अण्डाको निर्यात एक हजार प्रतिशतभन्दा धेरैले बढेको थियो । यसैबिच, ब्राजिल सरकारले संक्रमित कुखुरा फार्ममा तुरुन्तै आपत्कालीन योजना लागू गरिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप